२०८३ बैशाख ३१ गते , विहीबार

राप्रपा फुटाएका थापाको नयांँ पार्टीलाई समानुपातिकतर्फ १२ हजार २६४ मत 

sajilo news
झापा
२०७९ मंसीर १७ गते , शनिबार
राप्रपा फुटाएका थापाको नयांँ पार्टीलाई समानुपातिकतर्फ १२ हजार २६४ मत 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभा समानुपातिकतर्फ १२ हजार २६४ मत मात्रै पाएको छ । एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

सम्बन्धित समाचार