यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरू (सूचीसहित)
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । आज शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको १४ समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा पनि बुझाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर समानुपातिक सांसदको नाम बुझाएका हुन् । माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरूमध्ये १२ जना महिला र २ जना पुरुष रहेका छन् ।
यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसदहरू (सूचीसहित)
आदिवासी महिला
१. दुर्गा राई
२. मिना तामाङ
३. उर्मिला माझी पौडेल
४. छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
१. हितराज पाण्डे (पुरुष)
महिला
१. ज्ञानु बस्नेत सुवेदी
२. विमला सुवेदी
३. नारायणी शर्मा
४. रुपासोसी चौधरी (थारु)
दलित
१. रणेन्द्र बराली
२. सुशीला श्रीपाली ठकुरी
मधेसी
१. मिना यादव
२. उमरावती देवी यादव
पिछडिएको क्षेत्र
१. कल्पना मियाँ