२०८३ बैशाख ३१ गते , विहीबार

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद (नामसहित)

sajilo news
काठमाडौं
२०७९ मंसीर २४ गते , शनिबार
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद (नामसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो।

आदिवासी पुरुषतर्फ डा।ढाका कुमार श्रेष्ठ, खस आर्यतर्फ डोल प्रसाद अर्याल, मुस्लिम पुरुषतर्फ असिम साह समानुपातिक सांसद चयन भएका छन्। यस्तै, मधेसी पुरुषबाट मनिष झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, सुमना श्रेष्ठ चयन भएका  छन्। 

थारु पुरुषतर्फ अशोक चौधरी, मधेशी पुरुष तर्फ तपेश्वर यादव, खस आर्य महिलाबाट डा चन्दा कार्की, निशा डांगी, दलीत पुरुष तर्फ सन्तोष परियार, दलित महिलाबाट कल्पना रोक्का, पिछडिएको वर्ग महिलाबाट विनिता कठायत समानुपातिक सांसदमा चयन भएका छन्।   

सम्बन्धित समाचार