२०८३ बैशाख ३१ गते , विहीबार

को-को परे राप्रपाका ७ समानुपातिक सांसद्मा ? 

sajilo news
झापा
२०७९ मंसीर २४ गते , शनिबार
को-को परे राप्रपाका ७ समानुपातिक सांसद्मा ? 

राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन्।

राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो। केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो। 
राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो। 

सम्बन्धित समाचार