२०८३ बैशाख ३१ गते , विहीबार

रवि लामिछानेले भने- सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता हुनुपर्छ

sajilo news
झापा
२०७९ मंसीर २६ गते , सोमबार
रवि लामिछानेले भने- सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता हुनुपर्छ

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्।  सरकारले नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको भन्दै उनले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १–२ हप्ता पनि कुर्न नसकिनेरु,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्। 

अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको भन्दै तत्काल फिर्ता हुनुपर्ने उनको भनाइ छ। सरकारले रेशम चौधरी लगायतकालाई आममाफी दिन मिल्ने गरी हिजो अध्यादेश ल्याउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। 

सम्बन्धित समाचार