२०८३ बैशाख ३१ गते , विहीबार
प्रदेश १ का सांसदको शपथ आज
प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज शथप लिने भएका छन्। आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन्।
त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
यसैबिच प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा ९यक्थुम÷लिम्बू०मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए।