२०८३ बैशाख ३१ गते , विहीबार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयप्रति जसपाको आपत्ति

sajilo news
झापा
२०७९ पौष २३ गते , शनिबार
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने आधार तय भएको बताएको छ। न्यूनतम साझा कार्यक्रममा आफ्ना एजेन्डाहरू समावेश भएको भन्दै विश्वासको मत दिने आधार तय भएको जनाएको हो।

जसपाले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ छ। 'गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छ,' जसपाले भनेको छ, 'पार्टीका मूलभूत सिद्धान्तको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूतिजस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ। यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ।'

जसपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने कुरामा आपत्ति जनाएको छ। पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ,' विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको छ।

सम्बन्धित समाचार