२०८३ बैशाख ३१ गते , विहीबार

प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित 

sajilo news
झापा
२०७९ पौष ३० गते , शनिबार
प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित 

प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।  शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट  ५७ मतसहित उनी  निर्वाचित भएकी हुन्।

दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। त्यस्तै, उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी लिला राईले ३३  मत पाएकी छन्।

सम्बन्धित समाचार