२०८३ बैशाख ३१ गते , विहीबार
यी हुन माओवादीका तीन मन्त्री
नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो।
शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको हो। माओवादी केन्द्रले पाएको एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको छ।