२०८३ बैशाख ३१ गते , विहीबार
एमालेले टुंगो लगायो चार जना मन्त्रीको नाम
नेकपा एमालेबाट चार जना मन्त्रीको नाम टुंगो लागेको छ। मंगलबार बिहान अध्यक्ष केपी शर्मा अोलीको निवास बालकोटमा बसेको शीर्ष नेताको बैठकले डा. विमला राई पौडेल, पदम गिरी, हरि उप्रेती र भगवती चौधरीको नाम टुंगो लगाएको हो।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आठ मन्त्रालय पाएको छ । जसमा चार जना सरकारमा सहभागी भइसकेका छन्।
विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई सरकारमा सहभागी भइसकेका छन्। उनीहरुले मन्त्रालयको जिम्मेवारी पाउन भने बाँकी छ।