२०८३ बैशाख ३१ गते , विहीबार

उपसभामुखमा झापाकी इन्दिरा रानामगरले दिइन उम्मेदवारी

sajilo news
झापा
२०७९ माघ ६ गते , शुक्रबार
उपसभामुखमा झापाकी इन्दिरा रानामगरले दिइन उम्मेदवारी

झापा । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरको उम्मेदवारी दर्ता भएको छ।  रास्वपाको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार प्रतिनिधि सभामा शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरिएको हो।

 सत्ता साझेदार दलको तर्फबाट रानामगर उपसभामुखको उम्मेदवार भएपछि नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारको नामावली पनि शुक्रबार साँझ प्रकाशित गरिनेछ। मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार