२०८३ बैशाख ३१ गते , विहीबार
उपप्रधानमन्त्री भएर पहिलो पटक गृहजिल्ला आए लिङ्देन, विमानस्थलमै भव्य स्वागत
झापा । उपप्रधानमन्त्री बनेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो पटक गृहजिल्ला झापा आएका छन्। उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री लिङ्देन सरकारमा सहभागी भएर पहिलो पटक गृहजिल्ला पुग्दा झापामा भव्य स्वागत गरिएको छ। लिङ्देनलाई स्वागत गर्न राप्रपाका नेता कार्यकर्ता भद्रपुर विमानस्थल पुगेका थिए ।
लिङ्देनलाई स्वागत गर्न प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, प्रदेश सांसद निमसरी राजवंशी लगायतको टोली विमानस्थल पुगेको थियो।
विमानस्थलमा स्वागतपछि लिङ्देन आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। सोनाम ल्होसारको अवसरमा भद्रपुर-२ स्थित कमलधापमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।

