२०८३ बैशाख ३१ गते , विहीबार

पाउँ पाथीभरामा भागवत पुराण, भक्तजनहरूको उपस्थिति उत्साहजनक

sajilo news
झापा
२०७९ चैत्र १२ गते , आईतबार
पाउँ पाथीभरामा भागवत पुराण, भक्तजनहरूको उपस्थिति उत्साहजनक

झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा सुरु भएको भागवत पुराणमा भक्तजनहरुकोे उत्साहजनक उपस्थिति देखिएको छ । 

यही चैत ८ गतेदेखि  सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुदैछ  । पुराणमा पण्डित शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेका छन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको पुराणमा पाथीभरा माताको मन्दिरमा हरेक दिन भक्तजन आफै उत्साह साथ आइरहेको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । 

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वैच्छिक दान मात्र सङ्कलन गरिँदै आएको छ । करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको  पुराणमा हिजो शनिवार मात्रै पन्ध्र हजार बढी भक्तजनले दर्शन गरेको गिरीले बताए । 

पाउ पाथीभरा उत्तर गङ्गा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयअनुसार छैनौ पटक भागवत पुराण आयोजना गरिएको हो । 

पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ ।। धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरू पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास वृद्धि भएकाले देश विदेशबाट आएका त्यस्ता महानुभावहरूलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गरिएको छ । 

सम्बन्धित समाचार