२०८३ बैशाख ३० गते , बुधबार
ट्रेलर र बसको ठोक्किँदा ११ जनाको मृत्यु
राजस्थानको भरतपुरमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार ट्रेलर र बसको ठक्करबाट यो दुर्घटना भएको हो ।
बीबीसीका अनुसार बसमा सवार मानिसहरु गुजरातको भावनगरबाट मथुरा जाँदै थिए । जयपुर(आग्रा राजमार्गमा बिहान करिब ५ बजे दुर्घटना भएको हो । घटनको बारेमा थप अनुसन्धान चलिरहको छ।