नेपाल महिला संघ कनकाईको तीज मिलन कार्यक्रम सम्पन्न
कनकाई । नेपाल महिला संघ कनकाईको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कनकाई–३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभा हल परिसरमा नेपाल महिला संघ कनकाई नगर सभापति रेणुका मैनालीको अध्यक्षता तथा कोसी प्रदेश सांसद लक्की गणेशको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद गणेशले पछिल्लो समय चाडपर्वहरू मनाउँदा विदेशी संस्कृति तथा भेसभुसा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेसभुसाको प्रयोग गर्नुका आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि यस्तो कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा परम्परागत गीत एवं सन्थाल नृत्य सङ्गिनीका साथै तीज गीत प्रस्तुत गरिएको थियो । आफ्नो रीतिरिवाज,कला संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गरिएको नगर सभापति मैनालीले बताइन् ।
तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने भन्ने मात्रै बुझिन्छ । तर, तीज चेली–माइतीको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो वेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरूप कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जानकारी गराएको छ।
विभिन्न कला तथा संस्कृति झल्कने सङ्गिनी, मारुनी , सन्थाल तिज गीत लगायत दर्जनौँ गायन तथा नृत्य प्रस्तुत गरिएको थियो । वर्षमा एक दिन मात्रै भए पनि माइतीको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भए पनि कार्यक्रमको आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि धनमाया चिमरीया, कविता बस्नेत ,सीता थेबे , सामुदायिक वन उपभोक्ता महासंघ कनकाई प्रतिनिधि मान्ता खरेल , नगर सभापति दुर्गाप्रसाद प्रसाईँ , नेपाल भारत मैत्री संघ अध्यक्ष अर्जुन बोरा , काँग्रेस नेता रुद्रप्रसाद चिमरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला सभापति देउकुमार थेबे, काँग्रेस नेता लीला चिमरीया, सन्तोष रायमाझी , रेणु प्रसाद कणेल ,कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत सहजीकरण महिला समूहकी सचिव निर्मला बस्नेत महिला नेतृ वसुन्धरा थपलिया ,जागरण एकल महिला समूहकी अध्यक्ष सकुन्तुला खत्री लगायतको उपस्थिति रहेको थियो।
नगर उपसभापति कविता श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा नम्बर ४ पाटी उपसभापति गीता खरेलले गरेकी थिइन् । कार्यक्रममा सामूहिक दर पनि खुवाइएको थियो ।