२०८३ बैशाख ३० गते , बुधबार

सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

sajilo news
एजेन्सी
२०८० आश्विन २० गते , शनिबार
सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । 

उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् । 

पानीको बहाव बङ्गालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन् ।  

सिक्किम राज्य सरकारका अनुसार विद्यालय, सरकारी कार्यालय र गेस्टहाउसहरूमा स्थापना गरिएका राहत शिविरहरूमा करिब आठ हजारले आश्रय लिएका छन् । 

सम्बन्धित समाचार