२०८३ बैशाख ३१ गते , विहीबार

इजरायलमा हमासको आक्रमण : मारिने विदेशीको सङ्ख्या ५० नाघ्यो, यस्तो छ तथ्याङ्क

sajilo news
एजेन्सी
२०८० आश्विन २४ गते , बुधबार
इजरायलमा हमासको आक्रमण : मारिने विदेशीको सङ्ख्या ५० नाघ्यो, यस्तो छ तथ्याङ्क

काठमाडौँ । प्यालेस्टाइनी अतिबादी समुह र इजरायलका बिचमा युद्द जारी छ । गत शनिबार हमास समुहले इजारयाली भुमीमा अचानक र अप्रत्याशित आक्रमण गरे पछि सुरू भएको सो युद्दमा दुबै तर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् । इजरायलले ‘हमासले सुरु गरेको युद्दको अन्त्य आफुले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रामण गरे आफुसँग बन्धक रहेका इजरायली अधिकारी तथा सर्बसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिईरहे पछि सो युद्धमा मारिनेहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

यो युद्ध कहिले अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढ्ने निश्चित जस्तै छ ।यसै बिच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाईसकेका छन भने धेरैजना घाइते भएका छन । सो युद्धमा कतैपनि सहभागी नभएका ५० जना बिदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन । हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म करिब ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।

यस्तो छ तथ्यांकः

थाइल्याण्डः १२ जनाको मृत्यु, ११ बन्धक

अमेरिकाः ११ जनाको मृत्यु, अन्य बेपत्ता

नेपालः १० जनाको मृत्यु

अर्जेन्टिनाः ७ जनाको मृत्यु, १५ बेपत्ता

युक्रेनः २ जनाको मृत्यु

फ्रान्सः २ जनाको मृत्यु, १४ बेपत्ता

रुसः १ जनाको मृत्यु, ४ बेपत्ता

बेलायतः १ जनाको मृत्यु, १ बेपत्ता

क्यानडाः १ जनाको मृत्यु, ३ बेपत्ता

कम्बोडियाः १ जनाको मृत्यु

जर्मनीः धेरै बन्धकहरू

ब्राजिलः ३ बेपत्ता

चिलीः २ बेपत्ता

इटालीः २ बेपत्ता

पाराग्वेः २ बेपत्ता

पेरुः २ बेपत्ता

तान्जानियाः २ बेपत्ता

मेक्सिकोः २ बन्धक

कोलम्बियाः २ बन्धक

फिलिपिन्सः १ बन्धक, ६ बेपत्ता

पनामाः १ बेपत्ता

आयरल्याण्डः १ बेपत्ता

सम्बन्धित समाचार