२०८३ बैशाख ३१ गते , विहीबार

हमास–इजरायल युद्ध : मृत्यु हुनेको संख्या तीन हजार नजिक

sajilo news
एजेन्सी
२०८० आश्विन २६ गते , शुक्रबार
हमास–इजरायल युद्ध : मृत्यु हुनेको संख्या तीन हजार नजिक

प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ। बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ। 

त्यहाँ तीन लाख ३८ हजार मानिस विस्थापित भएका छन्। हजारौँ मानिस घाइते छन्। संयुक्त राष्ट्रसंघले इजरायलले जारी राखेको हवाइ आक्रमणमा गाजाको अवस्था कष्टकर बनेको छ। पानी र खानेकुरा सहित औषधिसमेत सकिन थालेको छ। 

गाजापट्टीका ५० हजार गर्भवती महिला आधारभूत सेवाबाट बञ्चित हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ। यस्तै हमासले गरेको आक्रमणमा इजरायलमा १३ सयभन्दा बढीको मृत्यु भएको छ । इजरायलतर्फ पनि घाइतेकको संख्या हजारौँ पुगेको छ। 

यसैबीच ह्युमन राइट्स वाचले इजरायलले गाजापट्टी र लेबनानमा सेतो फस्पोरसयुक्त हतियार प्रयोग गरेको आरोप लगाएको छ । सेनाले कुनै संकेतका लागि मात्रै प्रयोग गर्ने अत्यधिक घातक रासायनिक हतियार इजरायले प्रयोग गरेको ह्युमन राइट्स वाचको आरोप छ। भीडभाडयुक्त क्षेत्रमा यसको प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने बताइन्छ। 

सम्बन्धित समाचार