२०८३ बैशाख ३१ गते , विहीबार

हमाससँग युद्धविराम गर्न इजरायलका प्रधानमन्त्री नेतान्याहुद्वारा अस्वीकार

sajilo news
एजेन्सी
२०८० कार्तिक १४ गते , मंगलबार
हमाससँग युद्धविराम गर्न इजरायलका प्रधानमन्त्री नेतान्याहुद्वारा अस्वीकार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजासँगको लडाईँमा युद्धबिराम नहुने अडान राखेका छन्।  तेल अभिवमा बोल्दै नेतान्याहूले युद्धबिरामको कुनै सम्भावना नै नरहेको बताए। उनले पर्ल हार्बरको आक्रमण वा अमेरिकी अमेरिकी वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अमेरिका युद्धविरामका लागि तयार नभए जस्तै सात अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायल युद्धबिरामका लागि तयार नहुने उद्घोष गरे। 

उनले युद्धबिरामका लागि तयार हुनु हमास सामु वा आतंकवाद सामु आत्मसमर्पण गर्नु सरह भएको बताए। ७ अक्टोबरमा हमासले अचानक गरेको आक्रमणमा इजरायलमा १४ सय जनाको मृत्यु भएको थियो। 

त्यसको बदलामा इजरायलले जारी राखेको गाजामाथिको हवाई तथा स्थलगत आक्रमणमा ८ हजार बढीको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।

सम्बन्धित समाचार