२०८३ बैशाख ३१ गते , विहीबार

मालिकले गरे राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर सम्मान

sajilo news
एजेन्सी
२०८० कार्तिक १५ गते , बुधबार
मालिकले गरे राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर सम्मान

चीनको एक कस्मेटिक कम्पनीका मालिकले आफ्ना कर्मचारीको खुट्टा धोएर कर्मचारीको सम्मान गरेका छन्। कम्पनीका दुई जना महिला मालिकले आफ्नो कम्पनीका आठ जना कर्मचारीले राम्रो काम गरेको भन्दै खुट्टा धोएर सम्मान गरेका हुन्।  सन् २०१९ नोभेम्बर २ मा कस्मेटिक कम्पनीका अध्यक्ष र एक महिला अधिकारीले दुई ती कर्मचारीलाई हात जोडेर जुत्ता आफैले खोलेर अभिनन्दनको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। 

कम्पनीका अध्यक्षले कर्मचारीको जुत्ता खोलेर उनीहरूको खुट्टा धोइरहेको देखिएको छ। ती कर्मचारीले कम्पनीले तय गरेको लक्ष्य भन्दा धेरै सामान बिक्री गरेका थिए। जसका कारण कम्पनीलाई धेरै फाइदा भयो। कम्पनीका अनुसार कर्मचारीलाई अवार्ड अफ दि इयर सबै दिइन्छ र यो कर्मचारीलाई हौसला बनाउनका लागि गरिएको हो।

सम्बन्धित समाचार