२०८३ बैशाख ३१ गते , विहीबार

इजरायल र हमासबीच युद्धविराम, हमासले प्रत्येक दिन १० बन्धक छाड्ने

sajilo news
एजेन्सी
२०८० मंसीर ७ गते , विहीबार
इजरायल र हमासबीच युद्धविराम, हमासले प्रत्येक दिन १० बन्धक छाड्ने

इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् । हमासले बन्धकलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टिइनी बन्दी रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेश गर्न अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली जेलबाट करिव १५० महिला र किशोर प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नका लागि सम्झौताअनुसार कम्तीमा ५० जना बन्धक रिहा गर्नुपर्ने बताइएको छ। 

बन्धकहरूलाई चार दिनको अवधिमा सानो समूहहरूमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ । हमासद्वारा रिहा गरिएका प्रत्येक थप १० जना बन्धकका लागि युद्धविराम थप एक दिन लागि लम्बिनेछ। 

हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधबार इजरायलसँग चार दिने युद्धविराम सम्झौताको पुष्टि गरेको छ।

सम्बन्धित समाचार