२०८३ बैशाख ३१ गते , विहीबार

हमासद्वारा २४ बन्धक रिहा

sajilo news
एजेन्सी
२०८० मंसीर ९ गते , शनिबार
हमासद्वारा २४ बन्धक रिहा

हमासले इजरायलबाट बन्धक बनाएका २४ जना रिहा भएका छन्।  हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो।  तीमध्ये १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेको इजरायल र हमासबीच मध्यस्थता गर्दै आएको कतारले जनाएको छ ।

मुक्त भएका इजरायलीमा दुई, चार, छ र नौ वर्षका चार बालबालिका र एक ८५ वर्षीया महिला छन्। इजरायलले बन्दी बनाएका प्यालेस्टिनीलाई अब सम्झौताको एक भागको रूपमा वेष्ट बैंकमा रिहा गरिएको छ।

सम्झौताका शर्तअनुसार, अस्थायी युद्धविरामको अवधिमा जम्मा ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीलाई चार दिनभित्र रिहा गरिने छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो।  २४० जनालाई बन्धक बनाएको थियो।

सम्बन्धित समाचार