२०८३ बैशाख ३१ गते , विहीबार

हमासद्वारा थप १७ जना बन्धक रिहा

sajilo news
एजेन्सी
२०८० मंसीर १० गते , आईतबार
हमासद्वारा थप १७ जना बन्धक रिहा

हमासले थप १७ जना बन्धकहरूलाई रिहा गरेको छ । जसमध्ये १३ जना इजरायली र ४ जना थाई नागरिक रहेका छन् । यससँगै १३ इजरायली बन्धकको रिहाइको बदलामा रिहा भएका ३९ प्यालेस्टिनी बन्दी वेस्ट बैंक र जेरुसेलम पुगेका छन् ।

रिहा भएका ३९ कैदीमध्ये ६ जना महिला छन् । बाँकी सबै १८ वर्ष मुनिका छन् । टिभी तस्बिरहरूले यी बन्दीहरूलाई वेस्ट बैंकको बेतुनिया शहरतर्फ बसमा लगिएको देखाएको छ। यी मानिसहरू उत्सव मनाउँदै बसबाट ओर्लिरहेका थिए।

यसअघि दुई पक्षबीच अस्थायी युद्धविरामलाई लिएर विवाद भएपछि बन्धक र बन्दी आदानप्रदान रोकिएको थियो । हमासले इजरायलले यो सम्झौताको उल्लंघन गरेको बताएको छ । इजरायल गाजामा सहायता सामग्री बोक्ने ट्रकहरूलाई अनुमति दिन नचाहेको आरोप लगाएको छ तर इजरायलले भने आरोप अस्वीकार गरेको छ।

सम्बन्धित समाचार