२०८३ बैशाख १९ गते , शनिबार

२१ वर्षकै उमेरमा मानव बेचविखनमा

sajilo news
पत्रपत्रिका
२०८० मंसीर १० गते , आईतबार
२१ वर्षकै उमेरमा मानव बेचविखनमा

इटहरी । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी प्रहरीले शनिबार २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरेको छ । उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाइ छ ।

इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी–६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए । दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।

पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले बताए ।यसैगरी, नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहमध्येका एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी–४ संगीत चोक बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेको डीएसपी कार्कीले बताए । उनीलगायतको गिरोहले सुनसरी बराहक्षेत्र–३ स्थित भरौलमा रहेको कित्ता नम्बर ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.नं ७५० को.ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा फर्जी बनाई बिक्री गरेको उनले बताए ।

बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहारीले जनाएको छ । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।

यो काम देव एक्लैले गर्न नसक्ने भन्दै अन्य गिरोहको पनि संलग्न रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ । पक्राउ परेकाबाट बयान लिने कार्य भइरहेकाले थप व्यक्तिको खुलासा हुने प्रहारीले अनुमान गरेको छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार