२०८३ बैशाख ३१ गते , विहीबार

गाजामा इजरायलको बमबारी, १७८ प्यालेस्टिनीको मृत्यु

sajilo news
एजेन्सी
२०८० मंसीर १६ गते , शनिबार
गाजामा इजरायलको बमबारी, १७८ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८  जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ। 

इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान युनिसलाई लक्षित गरिरहेको छ। जहाँ घना बस्तीहरु रहेको बिबिसीले जनाएको छ। जहाँबाट लाखौं मानिसहरू लडाइँबाट बच्न उत्तरमा भागेका छन्। इजरायलले त्यहाँका बासीन्दालाई इजिप्टको सिमानामा नजिकै रहेको रफाहमा जान आग्रह गरेका गरेको छ। 

यसैबीच युद्धविराम समाप्त भएदेखि नै इजिप्टको राफा क्रसिङबाट अति आवश्यक सहयोग आउन बन्द भएको राष्ट्रसंघका अधिकारीले बताएका छन्। जसले पुनः मानवीय संकट निम्तने खतरा बढेको छ।

सम्बन्धित समाचार