२०८३ बैशाख ३१ गते , विहीबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : ११ जनाको मृत्यु, १२ बेपत्ता

sajilo news
एजेन्सी
२०८० मंसीर १८ गते , सोमबार
इन्डोनेसियामा ज्वालामुखी विस्फोट : ११ जनाको मृत्यु, १२ बेपत्ता

जाकर्ता  । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए । 

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छ्न्,'त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीनजना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।'

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो । 

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् । 

सम्बन्धित समाचार