२०८३ बैशाख ३१ गते , विहीबार

जिम्बाब्वेमा खडेरीले एक सय हात्तीको मृत्यु

sajilo news
एजेन्सी
२०८० मंसीर २६ गते , मंगलबार
जिम्बाब्वेमा खडेरीले एक सय हात्तीको मृत्यु

जिम्बाब्वेमा खडेरीले एक सय हात्ती मरेका छन्। जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा सय हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ।

पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ। जसका कारण  झण्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन्।
कम्तीमा पनि एक सय हात्ती पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको  छ। संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ।  खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

सम्बन्धित समाचार