२०८३ बैशाख ३१ गते , विहीबार

विमानस्थलबाट चार हजार कछुवा बरामद

sajilo news
रासस
२०८० पौष ६ गते , शुक्रबार
विमानस्थलबाट चार हजार कछुवा बरामद

पेरू ।  पेरूको मुख्य अन्तरराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ। 

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ।  विज्ञप्तिका अनुसार बरामत गरिएका कछुवाहरू  ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए।

पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि (साईटिस)मा सूचीबद्ध छन्। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ। ​इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रतिवर्ष २० अर्ब डलरसम्मको हुन्छ। 

परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ। साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ। रासस/एएफपी 

सम्बन्धित समाचार