२०८३ बैशाख ३१ गते , विहीबार

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

sajilo news
एजेन्सी
२०८० पौष ७ गते , शनिबार
गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। 

इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ।

गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ। ५३ हजार ३२० जना घाइते भएका छन् ।

सम्बन्धित समाचार