२०८३ बैशाख ३१ गते , विहीबार

मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण

sajilo news
बीबीसी
२०८० पौष ७ गते , शनिबार
मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण

नयाँ दिल्ली ।  करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ । समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीलाई उद्धृत गर्दै विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू 'मानव तस्करीको शिकार' हुन सक्ने बताएको छ।

यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ । इन्धन भर्न यहाँ ल्याएको थियो । यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।

एएफपीका अनुसार यस समाचारको जानकार स्रोतका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने थियो।

सम्बन्धित समाचार