२०८३ बैशाख ३१ गते , विहीबार

चीनमा भेटियो डाइनोसरका ३ अण्डा

sajilo news
एजेन्सी
२०८० पौष ७ गते , शनिबार
चीनमा भेटियो डाइनोसरका ३ अण्डा

चीनको मध्य क्षेत्रस्थित हुबेई प्रान्तमा प्राचीन डाइनोसरका तीनवटा अण्डा फेला परेका छन्। हुबेई इन्स्टिच्युट अफ जियोसाइन्सेस (एचआईजी)ले बिहीबार त्यसबारे जानकारी सार्वजनिक गरेको हो। एचआईजीका अनुसार हुबेईको सियानमा दुर्लभ क्रिस्टलीकृत डाइनोसरका अण्डा फेला परेका हुन् ।

करिब १५ सेन्टिमिटर लामो र १२ सेन्टिमिटर चौडाइका छन्, ती अण्डा । ती अनौठा जीवाश्म अत्यधिक विशिष्ट परिस्थितिमा बनेको अनुमान विशेषज्ञहरूको छ ।

एचआईजीका अनुसार हुबेई किङलोङसान डाइनोसर एग फसिल ग्रुप नेसनल रिजर्भमा ती अण्डा फेला परेका हुन् । उक्त रिजर्भ जीवाश्म स्टलको पाटोमा संसारकै ठूलो डाइनोसनका अण्डा रहेको क्षेत्रका रूपमा परिचित छ ।

जीवाश्म प्रदर्शनी हलको साइटमा एक पुनःस्थापनाका दौरान ती अण्डाहरू जमिनमुनि फेला परेका हुन्। वैज्ञानिकहरूले ३१ वटा अण्डाको समूहको भित्रपट्टि क्रिस्टलीकृत अण्डाहरू फेला पारेका हुन् । वैज्ञानिकहरूका अनुसार १.३१ देखि २.४ सेन्टिमिटर मोटाइ भएका अण्डाका बोक्रा जमिनभित्र संरक्षित अवस्थामा रहन्छन्।

‘यो खोजी डाइनोसरको अण्डा पार्ने प्रक्रिया उजागर गर्न तथा प्राचीन पर्यावरणको पुनर्निर्माणका लागि महत्त्वपूर्ण अनुसन्धानमा सहयोगी हुने विश्वास छ,’ एचआईजीमा पेलियोन्टोलोजिक फसिल रिसर्च सेन्टरका निर्देशक चाओ बीले भने। उनका अनुसार हाल स्थापित सिद्धान्तहरूले क्रिस्टलीकृत डाइनोसनका अण्डाको जीवाश्म निर्माणको व्याख्या गर्न सक्दैनन्। अण्डाको खोलबाट ती नफुटी रहिरहेको संकेत मिलेको उनी बताउँछन्। विश्वमै दुर्लभ मानिन्छन्, प्राचीन क्रिस्टलीकृत डाइनोसरको जीवाश्म ।-पिपुल्स डेलीबाट

 

सम्बन्धित समाचार