२०८३ बैशाख ३१ गते , विहीबार

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

sajilo news
एजेन्सी
२०८० पौष १९ गते , विहीबार
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ। जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । 

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ।

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो

सम्बन्धित समाचार