२०८३ बैशाख ३१ गते , विहीबार

इजरायल–हमास द्वन्द्व : गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

sajilo news
एजेन्सी
२०८० पौष २१ गते , शनिबार
इजरायल–हमास द्वन्द्व : गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको जनाएको छ, जसमा १६२ जनाको मृत्यु भएको छ। २९६ जना घाइते भएका छन्।

गत अक्टोबर ७ गते यता इजरायलले गाजाविरुद्ध सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु  भएको छ। घाइतेको संख्या ५७ हजार ९१० पुगेको छ । 

यसैबीच इजरायली सेनाले शुक्रबार मानवीय कारणका लागि भन्दै गाजापट्टीको रफाह शहरको तेल अलसुल्तान जिल्लामा ४ घण्टा सैन्य कारबाही स्थगन गर्ने जनाएको छ। 

सम्बन्धित समाचार