२०८३ बैशाख ३१ गते , विहीबार

भारतमा निसास्सिएर ५ बालबालिकाको मृत्यु

sajilo news
एजेन्सी
२०८० पौष २५ गते , बुधबार
भारतमा निसास्सिएर ५ बालबालिकाको मृत्यु

भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ। अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भारतीय सञ्चारमाध्यम एनआइले जनाएको छ। 

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन्।  कोठामा कोइला बालेर एउटै कोठामा कोठामा सात जना सुतिरहेका थिए। कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको भारतीय प्रहरीको अनुमान छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई उपचारका लागि अस्पताल लगिएकोछ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

सम्बन्धित समाचार