२०८३ बैशाख ३१ गते , विहीबार

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

sajilo news
एजेन्सी
२०८० माघ ७ गते , आईतबार
मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारत । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार भीषण आगलागी भएको छ। बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो। घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। 

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम गरिरहेको जनाइएको छ ।  यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार