२०८३ बैशाख ३१ गते , विहीबार

इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो

sajilo news
एजेन्सी
२०८० माघ ७ गते , आईतबार
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ। इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन्।

जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् । वेस्ट बैंकमा, इजरायली सेनाले बिहीबार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ। अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन्।

सम्बन्धित समाचार