२०८३ बैशाख ३१ गते , विहीबार

मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज

sajilo news
एजेन्सी
२०८० माघ १८ गते , विहीबार
मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ।  केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्दैछिन्। पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउनेछ। 

अन्तरिम बजेटबाट महंगी नियन्त्रण गर्दै ग्रामिण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ । साथै आयकरमा छुट दिने सरकारी योजना छ। बजेटमा कृषकलाई दिने अनुदान बढाउने तथा भाजपा सरकारको प्रभाव देखाउने केही कार्यक्रमसमेत समेट्न सक्ने आँकलन गरिएको छ। 

केन्द्रीय वित्तमन्त्रीले चार महिनाको सरकारी खर्चका लागि बजेट प्रस्तुत गर्ने र बाँकी ८ महिनाको बजेट जुलाईपछि बन्ने नयाँ सरकारले ल्याउने अधिकारीहरुले जनाएका छन् । 

सम्बन्धित समाचार