राखीले दुबईका शेखको हात समाउँदै गोल्डेन भिषा मागेपछि...
काठमाडौँ । बलिउडकी चर्चित आइटम डान्सर राखी सावन्त सधै जसो मिडियामा छाइरहन केही न केही अन्ट सन्ट गरिरहन्छिन । जसका कारण मिडियामा उनको बर्चस्व कायम रहोस् । राखीले बलिउडमा मात्र होइन आफ्नो डान्सको जलवा बिदेश बिदेशमा पनि छरिरहेकी छन् । उनका धेरै बिदेशी फ्यानहरु पनि छन् ।
केही समय अगाडि राखी कार्यक्रमको सिलसिलामा दुबई पुगेकी थिइन् । त्यहाँ उनको एक शेख संग परिचय भयो । शेख संगको कुराकानीको क्रममा सबैको अगाडि राखीले शेखकाे हात समाउदै आफ्नो लागि गोल्डेन भिषा दिलाउन आग्रह गरिन् ।
उनको यो आग्रह सुनेर सबैजना छक्क परे । दुबईमा गोल्डेन भिषा पाउनुलाई निकै महत्वकाेरुपमा लिइन्छ । याे भिषाका धेरै फाइदा छन् । यो भिषा प्राप्त गरेपछि ५ वर्ष सम्म यसको प्रयोग गर्न पाइन्छ र सम्पत्ती खरिद बिक्रीसमेत गर्न पाइन्छ ।
राखीको यो डिमाण्ड सुन्ने बित्तिकै सबै हास्न लागे । राखिको कुरालाई शेखले मुस्कुराएर आफुलाई कोभिड भएको भन्दै आफ्नो हात छोड्न आग्रह गरेका थिए । यो भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ ।