२०८३ बैशाख ३१ गते , विहीबार

अफगानिस्तान बाढी : ३० हजारभन्दा बढी प्रभावित

sajilo news
एजेन्सी
२०८१ जेष्ठ ९ गते , बुधबार
अफगानिस्तान बाढी : ३० हजारभन्दा बढी प्रभावित

अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बाढी प्रभावित मानिसहरूलाई तत्काल आपतकालीन आश्रय, चिकित्सा आपूर्ति, खाना, नगद, सुरक्षित पिउने पानी र स्वच्छता किटहरू आवश्यक रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले पनि पानीजन्य रोगहरू बढेको बताएको छ। विशेष गरी देशको उत्तरी क्षेत्रहरूमा पखाला र छालाको संक्रमण बढेको बताएको हो। शुक्रबार र शनिबार फर्याब र पश्चिमी घोर प्रान्तमा भारी वर्षा र अचानक बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार