२०८३ बैशाख ३१ गते , विहीबार

भारतको ‘गेमिङ जोन’मा आगलागी, कम्तिमा २७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ जेष्ठ १३ गते , आईतबार
भारतको ‘गेमिङ जोन’मा आगलागी, कम्तिमा २७ जनाको मृत्यु

नयाँ दिल्ली ।  भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको अधिकारीले जनाएका छन् । 

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने, 'गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।' 

उनले भने, ‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।'

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन । 

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए। 

सम्बन्धित समाचार