२०८३ बैशाख ५ गते , शनिबार

तीन पाकिस्तानी आतंकवादी नेपाल हुँदै भारतमा प्रवेश गरेको भन्दै बिहारमा उच्च सतर्कता

sajilo news
एजेन्सी
२०८२ भाद्र १२ गते , विहीबार
तीन पाकिस्तानी आतंकवादी नेपाल हुँदै भारतमा प्रवेश गरेको भन्दै बिहारमा उच्च सतर्कता

पाकिस्तानी संगठन जैश–ए–मोहम्मदका तीन आतंकवादी नेपालको बाटो हुँदै बिहार प्रवेश गरेको भन्दै उच्च सतर्कता जारी गरिएको छ ।बिहारको प्रहरी मुख्यालयले उच्च सतर्कता जारी गर्दै तीन जनालाई आतंकवादी भन्दै नामसमेत सार्वजनिक गरेको छ । जसमा रावलपिन्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मो उस्मान छन् ।

बिहार प्रहरीका अनुसार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ ।
विशेषगरी नेपालसँग जोडिएका बिहारका सीमावर्ती जिल्लाहरू सीतामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगंज र सुपौलमा सतर्कता बढाइएको छ । भागलपुर र अन्य जिल्लाहरूमा पनि सतर्कता जारी गरिएको छ ।

नवभारत टाइम्सले ती व्यक्तिहरु अगस्टको दोस्रो हप्तामा काठमाडौं आएको र तेस्रो हप्तामा नेपाल सीमाबाट बिहार प्रवेश गरेको जनाएको छ ।

मुख्यालयले जिल्ला गुप्तचर एकाइहरूलाई कुनै पनि शंकास्पद गतिविधिको आधारमा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । नक्कली परिचयपत्र र राहदानी बनाएर तीन जना नेपाल हुँदै प्रवेश गरेको जनाइएको छ । बिहारमा विधानसभा चुनाव हुँदैछ ।

सम्बन्धित समाचार