२०८३ बैशाख १० गते , विहीबार
आशिका तामाङसहित २ जनालाई पाँचदिन कैद सजाय
भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित २ जनालाई पाँच दिन कैदको फैसला सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव मुद्दामा अर्का प्रतिवादी शरण तिरूवालाई पनि दोषी ठहर गरेको हो।
त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भराउने आदेश अदालतले गरेको छ।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा मुद्दा दायर गरेको थियो।