२०८३ बैशाख ८ गते , मंगलबार

स्थानीयले एक जोडीलाई नग्न अवस्थामा फेला पारेपछि...

sajilo news
मोरङ
२०८२ भाद्र १३ गते , शुक्रबार
स्थानीयले एक जोडीलाई नग्न अवस्थामा फेला पारेपछि...

मोरङमा एक जोडी नग्न अवस्थामा फेला परेका छन् । गएराति मोरङ सुनबर्षी नगरपालिका-७ झपडतलमा वडा नं.८ विश्वकर्मा टोल बस्ने २१ वर्षीय युवक र सोही ठाउँ बस्ने ३५ वर्षीया युवतीलाई स्थानीयले नग्न अवस्थामा फेला पारेका हुन् ।

त्यसबारे प्रहरी चौकी झपडतलमा जानकारी गराउनसाथ प्रहरी सहायक निरीक्षक जुगल चौधरीको कमान्डमा खटिएको प्रहरी टोलीले पनि दुवैलाई नग्न अवस्थामा फेला पारेको थियो । युवती भने अचेत अवस्थामा भेटिएकी थिइन् ।

दुवै जनालाई रङ्गेली अस्पतालमा ल्याई उपचार गराइएको थियो । युवतीको होश नखुलेपछि थप उपचारको लागि कोशी अस्पताल विराटनगर रेफर गरिएको छ । युवकलाई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार