२०८३ बैशाख ८ गते , मंगलबार

झापा गाउँपालिकाको शिव मन्दिरबाट दानपेटिका चोरी

sajilo news
झापा
२०८२ भाद्र १३ गते , शुक्रबार
झापा गाउँपालिकाको शिव मन्दिरबाट दानपेटिका चोरी

झापा गाउँपालिका-२ बालुवाटारमा नवनिर्मित जागेश्वर शिव पाञ्चायन मन्दिरबाट गएराति दानपेटिका चोरी भएको छ ।  मन्दिर अगाडी राखिएको दानपेटिका चोरले राति पानी परिरहेको मौका छोपेर बाकस नै उठाएर लगेको मन्दिर समितिका सचिव भीम घोर्सानेले बताए ।  उक्त बाकस फागुन महिनादेखि नखोली राखिएको थियो । दानपेटिकामा ८–१० हजार रुपैयाँ हुनुपर्ने उनले बताए ।

दानपेटिका चोरी भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदलाई लिखित जाहेरी दिएको सचिव घोर्सानेले जानकारी दिए । इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक किरण मोक्तानले दानपेटिका चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार