२०८३ बैशाख ८ गते , मंगलबार
बिर्तामोडमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते
बिर्तामोड–१० विराटपोखरमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन् । गएराति ११ बजे बिराटपोखरमा सैनिक बजार बस्ने ३९ वर्षीय पुरण राई, सोही ठाउँका ३७ वर्षीय दिनेश देवान, २९ वर्षीय सन्जीव बरालसहितका युवाहरु घरतर्फ फर्किरहेको अवस्थामा अपरिचित समूहले पछाडीबाट पुरण राईको टाउकोमा धारिलो हतियारले प्रहार गरी फरार भएका थिए ।
घाइते राईलाई उपचारको लागि उनका साथीहरुले बिर्तासिटी अस्पताल बिर्तामोड लिएर गएका छन् । टाउकोमा गहिरो चोट लागेका राईको अबस्था मध्यम रहेको छ । प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली खटिएर घटनामा संलग्नहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।