२०८३ बैशाख ५ गते , शनिबार

ट्रम्पले लगाएका अधिकांश भन्सार शुल्क गैरकानूनी : अमेरिकी अदालत

sajilo news
एजेन्सी
२०८२ भाद्र १४ गते , शनिबार
ट्रम्पले लगाएका अधिकांश भन्सार शुल्क गैरकानूनी : अमेरिकी अदालत

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश भन्सार शुल्कहरूलाई गैरकानूनी घोषणा गरेको छ। 

अदालतले ट्रम्पले लगाएका भन्सार शुल्कलाई आपतकालीन आर्थिक शक्ति ऐनविपरीत भएको ठहर गरेको हो। यो निर्णयले चीन, मेक्सिको, क्यानडा लगायत अधिकांश देशहरूमा लगाइएको अत्यधिक भन्सार शुल्कलाई प्रभाव पार्ने अनुमान गरिएको छ। 

अदालतले भन्सार शुल्क लगाउने निर्णय संसदमा निहीत रहेको र राष्ट्रपतिको अधिकार नरहेको ठहर गरेको छ। पुनरावेदनको यो निर्णय १४ अक्टोबरदेखि कार्यान्वयनमा आउनेछ, जसले राष्ट्रपति प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न समय दिन्छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् अदालतको आलोचना गर्दै यस्तो निर्णयले कायम रहेमा अमेरिकालाई पूर्ण रूपमा नष्ट गर्ने जिकिर गरेका छन्। 

यस फैसलाले केही देशहरूसँग शुल्क घटाउने सन्दर्भमा गरिएको सम्झौतामा पनि प्रश्न उठाएको छ। यो मुद्दा सर्वोच्च अदालत पुग्ने सम्भावना देखिएको छ, जहाँ ट्रम्पले नियुक्त गरेका तीन सहित ६ जना रिपब्लिकन न्यायाधीश छन् । 

सम्बन्धित समाचार