२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा तीन जना पक्राउ

sajilo news
झापा
२०८२ भाद्र २० गते , शुक्रबार
झापामा ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा तीन जना पक्राउ

झापाको पाडाजुँगी चोकमा लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । कमल गाउँपालिका- ५ पाडाजुँगी चोकमा गएराति ८ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर –८ घर भई हाल दमक –८ बस्ने ३१ वर्षीय भोला अमात राय, भारत बिहार ठाकुरगंज–५ घर भई हाल दमक –८ किरात चौक बस्ने २० वर्षीय आलम खान र दमक –७ सुकुम्वासी टोल बस्ने २८ वर्षीय राजीव मण्डललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्लास्टिकबाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार