क्यानडामा ७ म्याग्निच्युडको भूकम्प
क्यानडामा शक्तिशाली भूकम्प गएको छ । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार शनिबार दिउँसो उत्तरपश्चिमी क्यानडामा ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
शनिबारको ७.० रेक्टर स्केलको भूकम्प क्यानडाको रेकर्डमा सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक थियो। स्थानीय समय अनुसार दिउँसो १:४१ बजे युकोन क्षेत्रमा भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिममा रहेको छ। अलास्का र क्यानेडियाली क्षेत्र युकोनको सिमाना नजिकैको दुर्गम क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो। संयुक्त राज्य भूगर्भ सर्वेक्षणका विज्ञहरूले भूकम्प १० किलोमिटर गहिराइमा गएको दाबी गरेका छन्।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार मुख्य भूकम्पको तीन घण्टा भित्र कम्तीमा ३३ वटा परकम्पहरू रिपोर्ट गरेको छ, जसमध्ये सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो।
क्यानडाको सञ्चारमाध्यमका अनुसार हालसम्म क्षतिको कुनै तुरुन्तै रिपोर्ट आएको छैन । यद्यपि व्हाइटहर्सका धेरै बासिन्दाहरूले सामाजिक सञ्जालमा धेरै हल्लाएको महसुस गरेको उल्लेख गरेका छन्।