२०८३ बैशाख ३ गते , विहीबार

कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०८२ चैत्र २२ गते , आईतबार
कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–५ मा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको शनिबार साँझ मृत्यु भएको छ । 

प्रहरीका अनुसार रंगेली–कानेपोखरी सडक खण्डअन्तर्गत रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो ४ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियाे । दुर्घटनामा परेर साइकल यात्री कानेपोखरी–५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । 

उनका अनुसार गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ साँझ ६ः२० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेकाे इन्स्पेक्टर न्यौपानेले बताए । 

दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–५ का अन्दाजी ३० वर्षीय अभिषेक कार्की पनि घाइते भएका छन् ।

सम्बन्धित समाचार