बिर्तामोडमा निर्माणाधिन घरबाट लडेर कामदारको मृत्यु
बिर्तामोडमा निर्माणाधिन घरबाट लडेर घाइते भएका कामदारको मृत्यु भएको छ । आठ दिनअघि लडेर घाइते भएका बिर्तामोड-२ चैतुबारी बस्ने वर्ष ४० का शङ्कर किस्कुको आज मृत्यु भएको हो । चैत १६ गते अन्दाजी दिउँसो २ बजे बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउ बस्ने डम्बरबहादुर श्रेष्ठको निर्माणाधिन २ तले पक्की घरमा काम गर्ने क्रममा किस्कु घरको २ तला माथिबाट लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।
उपचारपश्चात् गएराति ९ बजे डिस्चार्ज भई घर गएकोमा आज बिहान ९:३० बजे उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृतकको लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । पोस्टमार्टमपश्चात् सदगत गर्न उनका छोरा दुर्गा किस्कुले लास जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।